काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ।
शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ
ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्।
यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।
निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो।

फरक मिडिया