घ्याङलेख गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी नेत्रकाली मा. वि. रामपुर आँपडाँडालाई

फरक मिडिया १३ माघ २०८०, आईतवार



बिर्ख वाईबा तामाङ। माघ १४ गते। सिन्धुलीको घ्याङलेख गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड २०८० को उपाधी नेत्रकाली मा. वि. रामपुर आँपडाँडाले हात पारेको छ। जम्मा १५ वटा प्रतिस्पर्धाहरु मध्ये छात्र छात्रा सहित ८ वटा प्रतिस्पर्धामा स्वर्ण पदक जितेसँगै उपाधी हासिल गर्न सफल भएको हो। त्यस्तै मा. वि. मरिण हायुटार ३ स्वर्ण पदक सहित उप-विजेता र मा. वि. नेत्रकाली तामाजोर २ स्वर्ण पदक सहित तेस्रो भएका छन्। प्रतियोगितामा घ्याङलेख गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयहरु सहभागी भएका थिए।

राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारासहित घ्याङलेख गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माघ १२ गतेदेखि वडा नम्बर ३ कोल्टारमा सुरु गरिएको प्रतियोगिता आज सम्पन्न भएको हो। समितिका अध्यक्ष अविनाश वाईबाको अध्यक्षता, घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलानको प्रमुख आतिथ्यता, घ्याङलेख गाउँपालिकाका शिक्षा अधिकृत सुरेन्द्र कुमार स्याङ्तानको विशिष्ट आतिथ्यता, वडा अध्यक्षहरु, प्रधानाध्यापकहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत अन्य अतिथिहरुको उपस्तिथिमा खेलको समापन समारोह सम्पन्न भएको हो।

विजेता प्रतिस्पर्धी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरि सम्मान गरिएका छन्।