घ्याङलेख गाउँपालिकामा बोलेरो दुर्घटना; एक जना घाइते

विर्ख वाइबा तामाङ २२ जेष्ठ २०८२, बिहीबार



सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ गोपे स्थित पिङभञ्ज्याङ्गमा आज बिहान करिब ५ बजेको समयमा बोलेरो गाडी दुर्घटना भएको छ। घ्याङलेख गाउँपालिका ४ गोपे देखि रामपुर मधुवन हुँदै सिन्धुली सदरमुकाम चल्ने प्रदेश ३-०१-०२३ च १७४५ नम्बरको बोलेको गुड्ने क्रममा अचानक पछाडि सर्दा अनियन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय बस्तिपुरले जनाएको छ। बोलेरो सडक देखि ३०० मिटर तल खसेको छ। दुर्घटनामा मरिण गाउँपालिका १ निवासी वर्ष २८ को सह चालक प्रविन भोलन गम्भीर घाइते भएका छन्। घाइतेको हात, खुट्टा र करङमा चोट लागेको छ। घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ। स्थानीयका अनुसार बोलेरोमा यात्रु सवार नगरिसकेको बताएका छन्। चालक सकुशल रहेको र उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।