सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ बनौलीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सिँचाइको लागी बनाइएको पोखरीमा डुबेर प्रकाश राईकी ९ बर्षीया छोरी प्रतिमा राईको मृत्यु भएको हो । शुक्रवार बिहान ११ बजेको समयमा घरदेखि लगभग २०० मिटर उत्तरमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेकी थिइन् । पोखरीमा डुबेको अवस्थामा उनको बुवाले देखेका थिए। उपचारको लागि मकवानपुरको बागमती गाउँपालिका स्थित सान्भी मेडिकलमा लगेका थिए। उपचारको क्रममा प्रतिमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल मकवानपुर लगिएको छ।

फरक मिडिया