घ्याङलेख गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

विर्ख वाइबा तामाङ १ आश्विन २०८२, बिहीबार



सिन्धुलीको घ्याङलेख गाउँपालिका १ टुनिभञ्ज्याङमा गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा टुनिभञ्ज्याङ युवा समाजले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता असोज १० गते देखि १३ गतेसम्म टुनिभञ्ज्याङ खेल मैदानमा सञ्चालन हुने छ। प्रतियोगितामा सहभागी हुन असोज ९ गते भित्र समूह दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ। जसको लागि प्रति समूह १५ सय ५ रुपैयाँ दर्ता शुल्क लाग्नेछ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने समूहलाई एउटा खसी, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने समूहलाई एउटा पाठी, ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वनालाई एउटा रातो भाले प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै आयोजकले प्रतियोगिताको समयमा खेलाडीले पालना गर्नुपर्ने केही नियमहरु उल्लेख गरेको छ। खेलाडीहरुले अनिवार्य जर्सी र जुत्ता लगाउनु पर्ने। खेलमा कुनै विवाद उत्पन्न भएमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने। खेलको समयमा खेलाडी कुनै घटना वा दुर्घटनामा परे सम्बन्धित खेलाडी समूह जिम्मेवार हुने। खेलमा गाउँपालिका बाहिरका खेलाडी खेलेमा वा खेलाइएमा उक्त समूह स्वत: रद्द हुने आयोजकले जनाएको छ।

थप जानकारीको लागि : ९८६२५७४७२७, ९८६६४२८७४५